छत्तीसगढमा सब-इन्स्पेक्टरसहित ४ नक्सलबादीको मृत्यु

छत्तीसगढमा सब-इन्स्पेक्टरसहित ४ नक्सलबादीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतको छत्तीसगढ राजनांदगाउँमा शुक्रवार राती भएको भिडन्तमा एक सब इन्स्पेक्टर सहित चार नक्सलबादीको मृत्यु भएको छ । शुक्रवार राती २८ जना प्रहरीले मानपुर क्षेत्रमा नक्सल बादीहरूसँग भिडन्त भएको थियो ।

राजनान्दगांव एसपी जितेन्द्र शुक्लाका अनुसार शुक्रबार साँझ ९ बजेतिर उक्त घटना भएको हो। ’मानपुर मोहल्ला कमिटीका केही नक्सली रहेको खबर पाउँदा तीन थानका २८ जनाको टोली पडद्नी गाउँमा गएको थियो। मदनवाडाका सब इन्स्पेक्टर श्याम किशोर शर्माको नेतृत्वमा रहेको टोलीले गोली हान्दै नक्सलबादीहरूसँग भिडन्त भएको थियो, ’शुक्लाले भने,।

नक्सालबादीहरुको गोली लागेर एसआई श्याम किशोर शर्माको समेत मृत्यु भएको छ ।,जबकि एक डिभिजनल कमिटी सदस्य र क्षेत्र समिति सदस्य लगायत चार नक्सली मारिए। “हामीले उक्त चार नक्सलबादीहरू सहित हतियार गोलीहरू एके ४७ राइफल सहित नियन्त्रणमा लियौं, ।

घटनास्थलबाट भागेका केही नक्सलीलाई पनि गोली हानिएको हुन सक्छ। हामीले ब्याक-अप फोर्सहरू पायौं र सम्पूर्ण क्षेत्र खोज्यौं, ”एसपी शुक्लाले भने,। अप्रिलमा नक्सलबादीहरूले राजनान्दगउँमा सडक निर्माण कार्यमा संलग्न गाडीहरू समेत जलाएका थिए ।