काठमाडौं – पश्चिम सिमाक्षेत्रको नेपाली भुमीमा भारतले मानसरोवरसम्म पुग्ने बाटो बनाएको भन्दै भारतीय दूताबास अगाडि प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ परेको छ ।
छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि नेपालमा विरोध सुरु भएको हो । शनिबार भारतीय हेपाहाको विरोधमा भारतीय दुतावास लैनचौर घेराउ गर्न पुगेका सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
प्ले कार्डसहित शान्तिपूर्ण रुपमा विरोध गर्न पुगेका १०र१५ जना विद्यार्थीलाई प्रदर्शन सुरु हुनु अगावै प्रहरीले पक्राउ गरेको हो। लिपुलेक, लिम्पियाधुराका विषयमा विवाद चलिरहेका बेला शुक्रबार भारतीय रक्षा मन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत तिब्बतको मान सरोबर जोड्ने सडकको उद्घाटन गरेका थिए ।




प्रतिक्रिया