युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा युवक पक्राउ

युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा युवक पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – कैलालीको गौरीगंगा नगरपालिका– ९ शंकरपुरकी १९ वर्षीया युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक पक्राउ परेका छन्। १९ वर्षीया लक्ष्मी देउवालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले कञ्चनपुरकाे बेलौरी नगरपालिका– ७ का २३ वर्षीय सन्तराम चौधरीलाई पक्राउ गरेको हो।

चाैधरीले लक्ष्मीको फेसबुक आइडीबाट उनका आफन्त तथा साथीलाई अश्लील भिडियो तथा फोटोहरू पठाई चरित्र हत्या गरी आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

शनिबार युवतीले धनगढी उपमहानगरपालिका– ६ जालीस्थित सुकुटी नालामा घाँटीमा पासो लगाई आत्महत्या गरेकी थिइन्। अश्लील भिडियो, फोटोसहितको फेसबुक आइडी लगइन अवस्थामा फेला परेपछि चौधरीलाई पक्राउ गरिएकाे बस्नेतले बताए। ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ प्रहरी नायव उपरीक्षक बस्नेतले भने।