डब्लुएचओलाई दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने चीनको घोषणा

डब्लुएचओलाई दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने चीनको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओले चीनको समर्थन गरेको भन्दै सहयोग रोक्न निर्देशन दिएसंगै चीनले सहयोग बढाएको हो । चिनियां राष्ट्रपति सि चिनफिङले सो रकम दुई वर्षभरीमा कोरोनाभाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको बताए ।

विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोनाभाइरस सम्वन्धी सम्पुर्ण विवरण चीनले डब्लुएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने पनि जानकारी दिए । त्यसका साथै उनले विश्वभर फैलिरहेको महामारीविरुद्धको लडाईमा चीनले विश्वसंग सहकार्य गर्ने बताए ।

विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका लागि उक्त सहयोग खर्च हुनेछ ।

चिनियां राष्ट्रपति सिले भनेका छन् ‘ चीन कोरोना भाइरसको नियन्त्रण र उपचारसम्वन्धी आफ्ना अनुभव सबैलाई बांड्न चाहन्छ, त्यतिमात्र होईन हामीले हाम्रो श्रोत र शक्ति पनि वितरण गर्न चाहन्छौं । ’