कोरोना भाइरसविरुद्ध पहिलो चरणको भ्याक्सिनको सफल परीक्षण

कोरोना भाइरसविरुद्ध पहिलो चरणको भ्याक्सिनको सफल परीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसविरुद्धको भ्याक्सिनमा वैज्ञानिकहरुले ठूलो सफलता हात पारेका छन् । अमेरिकामा गरिएको कोरोनाविरुद्धको पहिलो चरणको भ्याक्सिनको परीक्षण सफल भएको हो ।

वैज्ञानिकहरुले नेसनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले ८ जना मानिसमा गरेको परीक्षणमा सफलता पाएका हुन् ।

एमआरएनए–१२७३ नामक खोपले शरीरमा असर पनि कम गरेको पाइएको मोडेर्नाले सोमबार साँझ जानकारी दिएको हो ।

उसका अनुसार खोप लगाइएका मानिसमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी क्षमता निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा ज्यादा पाइएको छ ।

मोडर्नाले भनेको छ, ‘८ स्वस्थ स्वयंसेवीमा गरिएको परीक्षणबाट यो खोप सुरक्षित देखिनाका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ ।’

मोडर्नाका अनुसार गत मार्चमा परीक्षण सुरु गरिएको यो खोप ती ८ मानिसमा दुईपटक लगाइएको थियो र त्यसले रगतमा रोगसँग लड्ने ‘एन्टिबडी’ विकास भएको पाइएको हो ।

कम्पनीले खोपको परीक्षण सफल भए आगामी २०२१को सुरुवातमा नै सर्वसाधारणसँग खोप पुग्ने बताएको छ ।