कालापानीको विवाद नेपाल–भारतले मिलाउनूः चीन


काठमाडौं – चीनले लिपुलेक विवाद नेपाल र भारतको विषय भएको बताएको छ । भारतले लिपुलेक हुँदै चीनको मानसरोवार बाटो उट्घाटन गरेपछि नेपाल र भारतबीच विवाद बढिरेहका बेला चीनको यस्तो भनाई सार्वजनिक भएको हो ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजेनले एक मिडियासँगको ब्रिफिङगमा उक्त टिप्पणी गरेका हुन् । उनले कालापानी सीमा समस्या भारत र नेपालकोबीच रहेको बताउँदै दुई छिमेकी मुलुकले मैत्रीपूर्ण माध्यमबाट विवादलाई समाधान गर्न सक्ने आशा व्यक्त गरे ।

भारत र नेपालको सीमा विवादबारे प्रश्नहरूको जवाफ दिँदै उनले भारतीय सेनाका प्रमुखको अभिव्यक्तिको खण्डन गरेका छन् ।

‘कालापानी नेपाल र भारत बीचको मुद्दा हो र हामी आशा गर्दछौं कि दुई देशले मैत्रीपूर्ण वार्तामार्फत विवाद सुल्झाउनु पर्दछ,’ झाओले भने ।

भारतीय सेना प्रमुखले शुक्रबार चीनले उत्तराखण्डको धारचुलासँग भारतले उद्घाटन गरेको बाटोको विषयमा नेपालले ‘अरु कसैको’ आदेशमा बोलेको भन्ने अभिव्यक्तिको उनले खण्डन गरेका हुन् ।

उनले भनेका थिए, ‘यस क्षेत्रमा भारत र नेपालको बीचमा कुनै विवाद भएको छैन ।’

सरकारले मंगलबार भारतले अतिक्रमण गरेका भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement