एजेन्सी – कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५३ लाख नाघेको छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ३९३ कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार २९३ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९७ हजार ६५५ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ६१६, फ्रान्समा २८ हजार २८९, स्पेनमा २८ हजार ६२८, बेल्जियममा ९ हजार २१२, जर्मनीमा ८ हजार ३५२ र नेदरल्यान्ड्मा ५ हजार ७८८ जनाको मृत्यु भएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा २१ हजार ११६ को मृत्यु भएको छ । यहाँ एकै दिन ९६६ जनाको ज्यान गएको छ । यसैगरी, इरानमा ७ हजार ३००, मेक्सिकोमा ६ हजार ९८९, क्यानाडामा ६ हजार २५० र चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति
क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु
विश्वभर ५३,०६,९२८ २१,६०,५३० ३,४०,०७२
युरोप १८,६८,२३७ ८,४९,१८० १,६८,४२६
उत्तर अमेरिका १८,२८,३६० ५,०७,२०७ १,१२,१३१
एसिया ९,१४,५४३ ५ ३३,४७९ २६,७१२
दक्षिण अमेरिका ५,८०,०७१ २,१८,७३८ २९,४४४
अफ्रिका १,०५,८४५ ४२,८८१ ३,२०४
ओसेनिया(अस्ट्रेलिया) ८,७१९ ८,०५० १२३
दक्षिण एसियाली मुलुकहरु
भारत १,२५,१४९ ५१,८२४ ३,७२८
पाकिस्तान ५२,४३७ १ ,६५३ १,१०१
बंगलादेश ३०,२०५ ६, १०९ ४३२
अफगानिस्तान ९,२१६ ९९६ २०५
श्रीलंका १,०६८ ६२० ९
माल्दिभ्स १,२७४ १०९ ४
नेपाल ५४८ ७० ३
भुटान २४ ६ – एएफपी




प्रतिक्रिया