जेनेभा – कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९६ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर २ हजार ८२६ जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ५३ हजार २११ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ९९ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ७९३ को कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ६१७ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९९ हजार ३०० पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक असर परेका मुलुकहरु
क्र.सं. देशहरु कूल संक्रमित निको भएका कूल मृत्यु
विश्वभर ५५,०३,४५९ २३,०३,७१३ ३, ४६,७७४
संयुक्तराज्य अमेरिका १६,८६,४३६ ४,५१,७०२ ९९,३००
बेलायत २,५९,५५९ – ३६,७९३
इटाली २,२९,८५८ १,४०,४७९ ३२,७८५
स्पेन २,८२,८५२ १,९६,९५८ २८,७५२ ५
फ्रान्स १,८२,५८४ ६४,६१७ २८,३६७
ब्राजिल ३,६५,२१३ १,४९,९११ २२,७४६
बेल्जियम ५७,०९२ १५,२७२ ९,२८०
जर्मनी १,८०,३२८ १,६१,२०० ८,३७१
इरान १,३५,७०१ १,०५,८०१ ७,४१७
मेक्सिको ६८,६२० ४७,४२४ ७,३९४
क्यानाडा ८४,६९९ ४३,९८५ ६,४२४
नेदरल्यान्ड्स ४५,२३६ – ५,८२२
दक्षिण एसियाली मुलुकहरु
भारत १,३९,०४९ ५७,७२१ ४,०२४
पाकिस्तान ५६,३४९ १७,४८२ १,१६७
बंगलादेश ३३,६१० ६,९०१ ४८०
अफगानिस्तान १०,५८२ १,०७५ २१८
श्रीलंका १,१४१ ६७४ ९
माल्दिभ्स १,३७१ १४४ ४
नेपाल ६७५ ८७ ३
भुटान २७ ६ –एएफपी




प्रतिक्रिया