नेपालविरुद्ध भारतीय सेनापतिको अभिव्यक्ति खराबः पूर्वभारतीय राजदूत

नेपालविरुद्ध भारतीय सेनापतिको अभिव्यक्ति खराबः पूर्वभारतीय राजदूत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय कूटनीतिज्ञले भारतीय सेनाप्रमुखले नेपालविरुद्ध दिएको अभिव्यक्तिको आलोचना गरेका छन् ।

सेना प्रमुखले कालापानी, लिम्पियाधुरा र लिपुलेकका विषयमा नेपालले चीनको उक्साहटमा बोलेको अभिव्यक्ति दिएपछि आलोचना हुँदै आइरहेको छ । नेपालका लागि पूर्वभारतीय राजदूतसमेत रहेका जयन्त प्रसादले सेना प्रमुखको अभिव्यक्ति खराब बयान भएको बताएका छन् ।

शनिबार चेन्नईबाट प्रकाशित अंग्रेजी दैनिक ‘द हिन्दु’ मा प्रकाशित ‘लोअर द टेम्परेचर, डिफ्युज द इस्यू’ शीर्षकको लेखमा राजदूत प्रसादले सेना प्रमुखको अभिव्यक्तिले त्यो अरु कसैका लागि समस्या बढाउन सहज पार्ने आशंका व्यक्त गरेका छन् ।

राजदूत प्रसादले भारतीय सेनापतिको टिप्पणीले समस्या अरु बढेमा नेपाल–भारत सम्बन्ध बिग्रँदा अरुले त्यसको फाइदा उठाउने हुँदा अहिले चढेको पारो तल झार्दै समस्या समाधानमा लाग्नुपर्ने बताएका छन् ।