चीनविरुद्ध सैन्य गतिविधि बढाउन भारतलाई अन्तर्राष्ट्रिय सुरक्षा विशेषज्ञको सुझाव

चीनविरुद्ध सैन्य गतिविधि बढाउन भारतलाई अन्तर्राष्ट्रिय सुरक्षा विशेषज्ञको सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अन्तर्राष्ट्रिय सुरक्षा विशेषज्ञ एस्ले जे टेलिसले लद्दाखमा भारतले शैन्य गतिविधि बढाउनुपर्ने बताएका छन् ।

उनले चीनका वरिष्ठ अधिकारीहरुको आग्रहमा नै लद्दाखमा चिनियाँ सेनाले युद्धको तयारी गरिरहेको बताएका छन् । उनले सैन्य गतिविधि बढाएर भारतबाट फाइदा लिने भएकाले भारतले सचेत हुनुपर्ने बताएका छन् ।

उनले इन्डिया टुडेसँगको एक अन्तर्वार्तामा भने, ‘मलाई के कुरा स्पष्ट छ कि भारतसँगको सिमामा चीनले स्थानीय रुपमा गरिरहेको छैन् । जो जोसिला कमाण्डरहरूले मात्र उक्साएका छन्’, उनले भनेका छन्, ‘चीनले यी सैन्य कारबाहीहरुमा युद्धस्तरमा स्वीकृति दिएको छ । यसलाई बेइजिङमा पनि शीर्ष नेतृत्वहरुले पनि ग्रिन सिंग्नल दिएको हुनुपर्छ ।’

तत्कालीन बुस प्रशासनले भारतसँगको महत्त्वपूर्ण आणविक सम्झौताको शिल्पमा सहयोग पुर्‍याउने टेलिसको विश्वास छ । नयाँ दिल्ली र बेइजिङबीच कुराकानी भएमा विवाद समाधानमा सहयोग पुग्ने टेलिसको भनाइ छ ।

‘भारत–चीनबीच निरन्तर वार्ता चलिरहेको छ । भारतले सेनालाई तयारी अवस्थामा राख्नुपर्छ । चिनियाँहरूलाई उक्त युद्धले कस्तो क्षति पुर्याउँछ भनेर विचार गर्न बाध्य पार्नुपर्छ, विशेष गरी यो सीमान्तको क्षेत्र केही पनि छैन भनेर मौलिक रूपमा चीनको मूल हितमा जान्छ ।’

उनले लद्दाख क्षेत्रमा चिनियाँ सैनिकहरूको गतिविधि चीनले आफ्नो फाइदाका लागि यथास्थितिलाई बदल्ने स्पष्ट प्रयास भएको बताएका छन् ।

टेलिसले भने, ‘मलाई लाग्छ कि चिनियाँहरूले के गर्न खोजिरहेका छन् भूमीमा नयाँ तथ्यहरु स्थापित गर्नु हो । सेनाले दावी गरेको लाइनको सीमामा सैन्य सामग्रीहरू बढाएर चिनियाँहरुले फाइदा लिन खोज्दैछन् ।’