नेपालमा कोरोना भाइरसबाट ११ औं व्यक्तिको मृत्यु

नेपालमा कोरोना भाइरसबाट ११ औं व्यक्तिको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोनाबाट ज्इान गुमाउनेको संख्या ११ पुगेको छ । पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका युवकको मृत्यु भएको थियो ।

बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ हाँसेगाउँका २० वर्षीय युवकको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण रहेको हो ।

शुक्रबार बिहानै विज्ञप्ति जारी गरेर कर्णाली प्रदेश, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि गरेका हुन् ।

यसअघि कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिइसकेको छ।