म्यानमार – म्यानमारबाट २६ जना नेपाली लिएर म्यानमारको सैन्य विमान नेपालका लागि प्रस्थान गरेको छ । शुक्रबार बिहान ७ बजे २६ जना नेपालीलाई लिएर विमान उडेको हो ।
यो विमानले नेपालमा रहेका २६ जना म्यानमारका नागरिकलाई लिएर फर्कने छ । म्यानमार सरकार र नेपाली दूतावासको पहलमा नेपालीहरु फर्किँदै गरेका हुन् ।
सरकारले विदेशमा अफ्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउने घोषणा गरेको थियो । अति समस्यामा परेका नेपालीलाई ल्याइने सरकारले बताएको छ ।




प्रतिक्रिया