कोरोना भाइरसबाट बच्न २० लाख खोप तयार पारिसक्यौं : डोनाल्ड ट्रम्प

कोरोना भाइरसबाट बच्न २० लाख खोप तयार पारिसक्यौं : डोनाल्ड ट्रम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशलाई कोरोना भाइरसबाट बचाउन २० लाखवटा खोप तयार पारिसकिएको बताएका छन् ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा खोप तयार भएको तर, सुरक्षित प्रयोगका लागि वैज्ञानिकले प्रमाणित गरिदिन मात्रै बाँकी रहेको बताए।खोप तयार भएपनि यसको प्रयोग गर्न वैज्ञानिकले मञ्जुरी लिन बाँकी रहेको उनले बताए।

अमेरिकाका बरिष्ठ संक्रमण रोग विज्ञषेज्ञ डाक्टर एन्थनी फाउचीले पनि एक वर्षभित्र एक लाख खोप तयार हुने बताएका छन्। ट्रम्पको पत्रकार सम्मेलनपछि अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फौचीले राष्ट्रपतिको भनाइबारे आफूलाई केही जानकारी नभएको र टिप्पणी गर्न नसक्ने प्रतिक्रया दिए।

तर गत मंगलबार डाक्टर फौचीले एक चिकित्सा सम्मेलनमा आगामी वर्षसम्म लाखौं खोप तयार हुने आशा व्यक्त गरेका थिए। न्युयोर्क टाइम्सका अनुसार अमेरिकी प्रशानले खोप बनाउन ५ कम्पनीलाई काममा लगाएको छ।

यतिबेला अमेरिकाका धेरै कम्पनीले वैज्ञानिकले प्रमाणित गर्नुअघि नै ठूलो मात्रामा खोप बनाउन प्रतिस्पर्धा गरिरहेका छन्। तर, खोप तयार पार्ने कम्पनीबारे बताइएको छैन। बीबीसीका अनुसार, ट्रम्पले तयार भएको खोप कहिलेबाट प्रयोगमा आउने भने खुलाएनन्।