काठमाडौं – नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टिनमा राखिएको केही दिनपछि होम आइसोलेसनमा राखिएको थियो ।उनको होम आइसोलेसनमै जेठ २० गते मृत्यु भएको थियो ।
मृतकको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा कोरोना परीक्षणका लागि पठाइएको थियो । जसमा शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । याेसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।




प्रतिक्रिया