देशभरका मालपोत कार्यालय भोलिदेखि खुल्ने

देशभरका मालपोत कार्यालय भोलिदेखि खुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कोरोना भाइरस रोकथामको लागि लगाइएको लकडाउनको समयभित्र नै देशभरका भूमिसुधार र मालपोत कार्यालय खुल्ने भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक विज्ञप्ति निकालेर देशभरका भूमिसुधार र मालपोत कार्यालय भोलि आइतबारदेखि खोल्ने जनाएको छ ।

विज्ञप्तिमा विभागका कर्माचारीहरुले स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सञ्चालन गर्न लगेको उल्लेख छ ।