दाङमा १० जना संक्रमित कोरोना जितेर घर फर्किए

दाङमा १० जना संक्रमित कोरोना जितेर घर फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० संक्रमित आइतबार कोरोना जितेर घर फर्केका छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका दुई/दुई तथा बर्दियाका एक जना घर फर्किएका हुन् ।

तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ आएको र केहीलाई भने लक्षण नै नभएपछि घर फर्काइएको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि संक्रमितलाई १४ दिनपछि घर पठाइने उल्लेख छ ।

उनीहरु फर्किएसँगै बेलझुण्डीमा अब ४५ संक्रमितको उपचार भइरहेको छ । रासस