एजेन्सी – अमेरिकामा जर्ज फलायडको मृत्युपछि भएको प्रदर्शनमा सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीलाई लिएर हवाईट हाउस र पेन्टागनवीच विवाद बढेको छ । राष्ट्रपति ट्रम्पले प्रदर्शनकारीमाथी सैन्य कार्वाही गर्ने धम्की दिएपछि पेंटागनका सल्लाहकार जेम्स जूनियर मिलरले राजीनामा दिएका छन् ।
रक्षामन्त्री मार्क एस्पर समेत ट्रम्पको विरोधमा उत्रेका छन् । हवाईट हाउस वाहिर शान्तिपूर्ण रुपले प्रदर्शनमा उत्रिएका नागरीकहरुमाथी प्रहरीले रबरको गोली र अश्रु ग्यांस प्रहार गरेपछि त्यसको आलोचना भएको थियो ।
रक्षा सल्लाहकार मिलरले यसको विरोध गर्दै राजीनामा दिएका हुन् । उनले राष्ट्रपति ट्रम्प र रक्षामन्त्री एस्परको समेत आलोचना गरेका छन् । उनको राजीनामापछि पेन्टागन र हवाईट हाउसवीच दुरी बढेको हो । रक्षामन्त्री एस्परले समेत पेन्टागनमा पत्रकार सम्मेलन गर्दै प्रदर्शनकारीमाथी विद्रोही कानून लागु गर्न नहुने धारणा राखेका थिए ।
यससंगै अमेरिकामा आफ्नै नागरीकका विरुद्ध सेना परिचालन गर्न खोज्ने विषय गलत भएको भन्दै बहस सुरु भएको छ । राष्ट्रपतिको यो धम्कीको नागरीक तहमै असन्तुष्टि चुलिएको छ ।
सेनालाई मजबूत बनाउन अमेरिकी नागरीकहरुको ठुलो योगदान रहेको भन्दै जनताको सेनाप्रति आस्था रहेको तर यसलाई राजनीतिक रुपमा प्रयोग गर्न खोज्नु चिन्ताको विषय भएको आलोचकहरुले टिप्पणी गरेका छन् ।
सेनाका अधिकारीहरुले समेत सवैभन्दा खराव परिस्थितीमा मात्र यो कानुन लागु गर्नुपर्ने तर अहिले नै त्यस्तो अवस्था नआएको धारणा राखेका छन् । अवकासप्राप्त चार तारे जर्नेल विन्सेन्ट ब्रुक्सले प्रदर्शनकारीलाई दबाउन सेना परिचालन गर्ने ट्रम्पको धम्कीबाट सेनामाथी जनताको विश्वास खतम हुने चेतावनी दिए ।
यसअघि पेन्टागन र हवाईट हाउंसवीच विवाद हुंदा रक्षामन्त्री जीम मैटिसले राजीनमा दिएका थिए । सीरियामा अमेरिकी सैनिक घटाउने विषयमा मन्त्री मैटिसको असहमती थियो । उनले राष्ट्रपति ट्रम्पले आफ्नो विचारसंग सहमत हुनेलाई रक्षामन्त्री बनाउने सक्ने अधिकार रहेको भन्दै आफुले पद छोड्नुपर्ने बताएका थिए ।
ट्रम्पले आईतवार नेशनल गार्डलाई हटाउने आदेश दिएको बताएका छन् । उनले टिव्टरमा सवै नियन्त्रणमा रहेको र आवश्यक परे फेरी तैनाथ गर्ने समेत लेखेका छन् ।




प्रतिक्रिया