वीरेन्द्र सैनिक अस्पतालमा राईफल चलाएर प्यूठले गरे आत्महत्या

वीरेन्द्र सैनिक अस्पतालमा राईफल चलाएर प्यूठले गरे आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं – छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्टले गोली चलाएर आत्महत्या गरेका छन् । बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका विष्टले गोली चलाएर आत्महत्या गरेका हुन् ।

छाउनी अस्पतालका कार्यरत एक अधिकृतका अनुसार छाउनी अस्पतालमा ‘मेडिकल कोर्स’ गरिरहेका बिष्टले गएराति पौने १२ बजे ड्युटीमा बसेको बेला आत्महत्या गरेका हुन् ।  आफ्नो साथमा रहेको एसएलआर चलाएर बिष्टले आफ्नो छातिमा एक राउण्ड गोली हानेका थिए । गोली लागेर भुँइमा ढलेका बिष्टको घटनास्थलमै मृत्यु भएको हो ।

बिष्टको दरबन्दी दुर्गाबक्स गण नारायणहिटी हो । हाल उनको शवलाई पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।