काठमाडौं – कर्णाली प्रदेशमा ११० जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य महाशाखाले दिएको जानकारीअनुसार आज मात्र ११० जना संक्रमित थप भएका हुन् ।
प्रदेश अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सुर्खेतमा १९ जना, दैलेखमा ८८ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणका क्रममा दैलेखका तीन जना कोरोना संक्रमण पाइएको हो । संक्रमितहरु २ वर्षदेखि ५४ वर्ष उमेर समूहका रहेका छन् ।
त्यस्तै ५७ जना संक्रमित डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशमा १५१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।






प्रतिक्रिया