नेपाली सेनाद्वारा कोरोना संक्रमित महिलाको सम्मानपूर्वक अन्त्येष्टी

नेपाली सेनाद्वारा कोरोना संक्रमित महिलाको सम्मानपूर्वक अन्त्येष्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज – कोरोना संक्रमणबाट ज्यान गुमाएकी कैलालीकी महिलाको सम्मानपूर्वक अन्त्येष्टी गरिएको छ ।

नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएकी कैलालीकी सङक्रमित महिलाको शव बर्दियाको मानखोलास्थित ढकेरी जङ्गलमा स–सम्मान अन्त्येष्टी गरिएको हो ।

महिलाको शव व्यवस्थापन गरेको नेपाली सेनाको टोलीले सम्मानसहित अन्तिम संस्कार गरेको हो ।

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेपाली सेनाका कर्णेल नकुल थापाको पनि सहभागिता रहेको थियो ।

तस्वीरः मेनका चौधरी/ रासस