लगानी बोर्डको सीईओका लागि दरखास्त आह्वान

लगानी बोर्डको सीईओका लागि दरखास्त आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया सुरु भएको छ ।

सरकारले बोर्डका तत्कालिन सीईओ महाप्रसाद अधिकारीलाई गत चैत २४ गते नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेपछि बोर्डको सीईओ पद रिक्त थियो । खुला प्रतिष्पर्धाका आधारमा सीईओ नियुक्त गर्ने सरकारले जनाएको छ ।

सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ बमोजिम योग्यता पुगेकालाई १५दिन भित्र सिलबन्दी दरखास्त निवेदन पेश गर्न पदपुर्ति सिफारिस समितिले आग्रह गरेको छ ।

सिफारिस समितिको संयोजक अर्थमन्त्री हुन्छन् । योजना आयोगको उपाध्यक्ष र अर्का एकजना सरकारले तोकेको व्यक्ति सदस्य हुने व्यवस्था छ ।

योग्यता पुगेकाले आजको मितिबाट १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको पदपुर्ति सिफारिस समितिको सचिवालयमा निवेदन पेश गर्नु पर्नेछ ।

प्राप्त निवेदनबाट समितिले ३ जनाको नाम सरकारलाई सिफारिस गर्ने र मन्त्रिपरिषद् बैठकले एक जनालाई लगानी बोर्डकोसीईओमा नियुक्त गर्नेछ ।

सिइओका लागि ३५ वर्ष उमेर पूरा नभएको र ६५ वर्ष उमेर ननाघेको व्यक्तिले दरखास्त दिन सक्नेछन् । त्यस्तै भ्रष्टाचार, चोरी, मानव बेचबिखन तथा ओसारपोसार, जबरजस्ती करणीजस्ता नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको व्यक्ति अयोग्य हुनेछन् ।