नेपालमा एकैदिन ४२६ जना कोरोना संक्रमित थपिए

नेपालमा एकैदिन ४२६ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२७४ पुगेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । आज थप २१६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १ हजार ४ सय २ जना कोरोनामुक्त भई डिस्चार्ज भएको बताएका छन् ।

त्यस्तै कोरोना संक्रमितको जिल्ला ७४ पुगेको छ । हालसम्म १ लाख ६१ हजार ७४९ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख हजार ४७ हजार २७४ जनाको आरडीटी परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टाइनमा एक लाख ९ हजार ४६१ मानिसहरु रहेका छन् भने आइसोलसनमा ६ हजार ८५० कोरोना संक्रमितहरु रहेको प्रवक्ता गौतमले जानकारी दिए ।