काठमाडाैं – नेपालमा शनिबार थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा २८२ पुरुष र ४९ महिलालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।




प्रतिक्रिया