गुल्मी – गुल्मीमा पहिरोले जिप पुर्दा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।गुल्मीको धुर्कोट गाउँपालिका–३, हाँडहाडेमा जिप पहिरोले पुर्दा एक जनाकाे मृत्यु भएको हो ।
शनिबार अपरान्हतिर धुर्कोट गाउँपालिका वडाम्बर ३ हर्रापाटा भन्ने स्थानमा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिएको हो । दुर्घटनामा १९ वर्षका तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले जानकारी दिए ।
जीपमा सवार अन्य पाँच जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको रावलले जानकारी दिए। गाडी चालक समेत रहेका स्थानीय २० वर्षीय प्रदीप पुन र २५ वर्षीय रमेश रानालाई थप उपचारको लागि सन्धिखर्क पठाइएको छ।




प्रतिक्रिया