काठमाडौं – संखुवासभामा पहिरो खस्दा अरूण नदी आंशिक रुपमा थुुनिएको छ ।
आइतबार बिहान करिब साढे ९ बजेको समयमा मकालु गाउँपालिका वडा नम्बर–२ तर्फको ओयाङ भन्ने स्थानमा पहिरो खस्दा अरुण नदी आंशिक रुपमा थुनिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले मकालु गाउँपालिका वडा नम्बर २ र ५ को सीमाना कासुवा खोला दोभान क्षेत्रमा पहिरो खसेको जानकारी दिए ।
नदी थुनिँदा एउटा घरमा आंशिक रुपमा क्षति पुगेको छ । घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।




प्रतिक्रिया