वीर र ट्रमा सेन्टरलाई गण्डकी बोर्डिंग स्टूडेन्टस् एशोसिएसनको सहयोग

वीर र ट्रमा सेन्टरलाई गण्डकी बोर्डिंग स्टूडेन्टस् एशोसिएसनको सहयोग


काठमाडौं – गण्डकी बोर्डिङ स्कूलको भुतपूर्व विद्यार्थीहरुको संगठन पूर्व गण्डकी बोर्डिंग स्टूडेन्टस् एशोसिएसनले वीर अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । संस्थाकी अध्यक्ष डा. सुजिता हिराचनले वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेललाई हस्तान्तरण गरेकी हुन् ।

डा.हिराचनले अस्पताललाई कोरोना भाइरस संक्रमण (कोबिड-१९) रोकथाम तथा नियन्त्रणका लागि एन ९५ माक्स, सेनिटाइजर, सेनिटाइजर डिस्पेन्सर, सर्जिकल माक्स, फेस सिल्ड लगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गरेकी छन् ।

कोरोना भाइरसको महामारीको बेला अग्रपंक्तिमा रहेर खटिने स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्ने हेतुले गण्डकी बोर्डिंग स्टूडेन्टस् एशोसिएसनले सहयोग जुटाएर उक्त स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको अध्यक्ष हिराचनले जानकारी दिईन ।

यसपछि टिचिंग अस्पताल र उपत्यका बाहिर लुम्बिनी अस्पतालमा पनिे सहयोग गरेको उनले जानकारी दिईन ।

अध्यक्ष हिराचनले अस्पतालका डा. रोहित पोखरेललाई हस्तान्तरण गरेको जानकारी दिइन् । उनले अस्पताललाई कोरोनाविरुद्ध प्रयोग हुने एन ९५ मास्क,सेनिटाइजर , सेनिटाइजर डिस्पेन्सर, सर्जिकल मास्क, फेस सेइल्डलगायतका सामाग्री वितरण गरेको जानकारी दिइन् ।

सो अवसरमा वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेलले स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएकोमा एशोसियनलाई धन्यवाद प्रकट गरेका थिए ।