एजेन्सी – जम्मू–कश्मीरको नौशेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली लागेर एक जना नेपाली गोर्खाली सैनिकको मृत्यु भएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–५, खर्ज्याङ घर भएका भारतीय सेनाका दीपक कार्कीको मृत्यु भएको हो ।
तीन जना सन्तना रहेका कार्की जम्मू–कश्मीरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा तैनाथ थिए । कार्की ३/५ गोरखा राइफल्समा हवल्दार पदमा कार्यरत थिए ।
पाकिस्तानले पुन्छको कृष्ण घाटी सेक्टरमा नियन्त्रण रेखामा साना हतियार र मोर्टारको गोली हानी युद्धविरामको उल्लंघन गरेको थियो । त्यसपछि भारतीय सेनाले जवाफी फायरिङ गरेको थियो ।
पाकिस्तानी सेनाले गरेको युद्धविराम उल्लंघनमा यो महिना पीर पञ्जाल उपत्यकामा नियन्त्रण रेखामा सैनिकको यो चौथो हत्या हो ।




प्रतिक्रिया