कोरोना निको पार्ने रामदेवको औषधि भारत सरकारले बन्द गरायो

कोरोना निको पार्ने रामदेवको औषधि भारत सरकारले बन्द गरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारत सरकारले रामदेवले कोरोना भाइरसको औषधि पत्ता लगाएको दाबी गरेकै दिन बन्द गरिदिएको छ । रामदेवले मंगलबार आयुर्वेदिक औषधिले कोरोना भाइरस निको हुने दाबी गरेका थिए ।

पतञ्जलीले मंगलबार गरेको पत्रकार सम्मेलनमा बाबा रामदेवले कोरोनिल नामक आयुर्वेदिक औषधि सार्वजनिक गरेका थिए ।

भारतको आयुष मन्त्रालयले पतञ्‍जलि ग्रुपलाई औषधिको परीक्षण नहुन्जेल प्रचार–प्रसार नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयले उसको रिसर्चको पूरा विवरण उपलब्ध गराउन भनेको छ । पतञ्‍जलिको कोरोना ट्याब्लेटबारेमा आयुष मन्त्रालयले यस औषधिको वैज्ञानिक परीक्षण नगरी विश्‍वास गर्न नसकिने जनाएको छ । आयुष मन्त्रालयले पतञ्‍जलि आयुर्वेद लिमिटेडबाट कोभिडको औषधिको कम्पोजिशन, रिसर्च र स्याम्पल साइजसमेत सबै जानकारी सार्वजनिक गर्न भनेको छ ।

बीबीसी हिन्दीकाअनुसार भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)का महानिर्देशक प्रो. बलराम भागर्वले पतञ्जलीको औषधिबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् । उनले भनेका छन्, ‘म यस्तो औषधिबारे टिप्पणी गर्न चाहन्नँ । ’