एजेन्सी– भारत र चीनबीच लद्दाखमा सीमा विवाद बढेसंगैे भारतलाई हतियार नवेच्न चीनले रसियालाई चेतावनी दिएको छ । द्धितिय विश्व युद्धमा जर्मनीमाथी सोभियत जीतको ७५ औं वर्षगाठको अवसरमा आयोजित सैन्य परेडमा भाग लिन भारतिय रक्षामन्त्री राजनाथ सिंह दुई दिने मस्को भ्रमणमा छन् । उनको भ्रमणमा रक्षा सम्झौता हुन सक्ने चर्चा भएको बेला चीनको यस्तो धारणा आएको हो ।
चिनियां सरकारी समाचार संस्था पीपुल्स डेलीले संवेदनशिल समयमा भारतलाई रुसले हतियार दिन नहुने समाचार प्रकाशित गरेको छ । पीपुल्स डेलीले फेसबुकमा सोसाइटी फर ओरियंटल स्टडीज अफ रुस नामको ग्रुपमा विज्ञको हवाला दिंदै रुसलाई चीन र भारतियहरुको मन पगाल्ने हो भने भारतलाई यस्तो संवेदनशील समयमा हतियार दिन नहुने समाचार प्रकाशित गरेको छ । समाचारमा दुवै देश रसियाका एसियाली मित्र भएको उल्लेख छ ।
पिपुल्स डेलीले लद्दाखमा चीनसंग तनाव जारी रहेको बेला भारत ३० फाइटर खरिद गर्न खोजिरहेको बताएको छ । जसमा मिग २९ र सुखोई ३० एमके भारतले रसियाबाट किन्न खोजिरहेको छ ।
रक्ष्ाँमन्त्री सिंहसंगको भेटमा रसियाली उपप्रधानमन्त्री युरी इवानोविकले दुवै देशबीच यसअघि नै भएका सम्झौता सहमतीअनुसार अघि बढ्ने बताएको सिंहले बताएका छन् ।
चीन र पाकिस्तानसंग अडवांस्ट हतियार रहेको भन्दै भारतले रक्षा क्षमता बढाउने निर्णय गरिसकेको छ । भारतले ५ अर्ब डलरको एयर डिफेन्स सिस्टम एस ४०० लाई अघि बढाउने तयारी गरेको छ । एस ४०० दुनियांको सबैभन्दा प्रभावी एयर डिफेन्स सिस्टम मानिन्छ । यसले एकैसाथ ३६ ठाउंमा निशाना लगाउन सक्छ ।
भारतले रसियावाट यो सिस्टम खरिद गर्ने तयारी गरेपछि अमेरिकाले प्रतिवन्ध लगाउने चेतावनी दिएको थियो । भारतले एडभान्स पेमेन्ट पठाउन ढिलाई गरेको थियो । रसियाले भने भारतलाई यो सिस्टम चांडै उपलव्ध गराउने बताएको थियो । चीनले पनि रसियालाई तत्काल यो सिस्टम भारतलाई नवेच्न दवाव दिएको बताइन्छ ।
यसअघि चिनियां सरकारको मुखपत्र ग्लोबल टाइम्सले समेत रुसलाई चेतावनी दिएको थियो । १९६२ को युद्धमा अमेरिका र रुस भारतको पक्षमा लागेपनि चीनले कसैको प्रवाह नगरेको र भारतलाई पराजित गरेको दावी गरेको थियो । भारतले एकहोरो रुपमा सीमा मिच्ने काम गरे चीनले जबरजस्त जवाफ दिने र कसैको सहयोग भारतलाई काम नलाग्ने चेतावनी उसले दिएको छ ।
चीनको दवावकै कारण भारतिय रक्षामन्त्रीको मस्को भ्रमणमा कुनै ठुलो सम्झौता नहुने विश्लेषण भइरहेको छ । रुसले भारतलाई कूटनैतिक जवाफ दिएर सम्झौतालाई केही समय पछि धकेल्नसक्ने बताइएको छ ।




प्रतिक्रिया