भारतले पाकिस्तानका कर्मचारीलाई देश निष्काशन गर्यो

भारतले पाकिस्तानका कर्मचारीलाई देश निष्काशन गर्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतले नयाँ दिल्लीमा रहेको पाकिस्तानी उच्च आयोगमा कार्यरत कर्मचारीलाई देशबाट निष्काशन गरेको छ । भारतीय विदेश मन्त्रालयले गुप्तचरी र आतंकवादीहरूसँग सम्पर्कमा रहेको भन्दै आधा कर्मचारीलाई देश निष्काशन गरेको हो ।

तर दुई आणविक शक्ति राष्ट्रबीच भारतले तीन साताअघि दुई जना पाकिस्तानी कूटनीतिज्ञलाई देश निकाला गरेपछि तनाव बढेको छ । भारतीय सेनाको आवतजावतसम्बन्धी सूचना हासिल गर्ने प्रयास गरेको आरोप उनीहरूमाथि लगाइएको थियो ।

भारतीय सञ्चारमाध्यमले इस्लामावादमा रहेका दुई जना भारतीय कर्मचारीलाई गरिएको भनिएको दुर्व्यवहारका कारण पछिल्लो कदम चालिएको हुन सक्ने जनाएका छन् । अघिल्लो हप्ता भारतीय सरकारले आफ्ना दुई कर्मचारीलाई पाकिस्तानले अपहरण गरेको आरोप लगाएको थियो ।

तर पाकिस्तानले सवारी चलाउँदा पैदलयात्रीलाई ठक्कर दिएकाले प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताएको थियो ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘पाकिस्तानी कर्मचारीहरू जासुसी गतिविधिमा संलग्न रहेको र आतङ्कवादी सङ्गठनसँग सम्बन्धमा रहेका थिए ।’