एजेन्सी- महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८० हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ९३ लाख ६९ हजार पुगिसकेको छ जसमध्ये करिब ५० लाख मानिस निको भएर डिस्चार्ज भएका छन् । करिब ५८ हजार मानिस अहिले पनि कोरोनाभाइरसको संक्रमणबाट निकै जटिल अवस्थामा छन् ।
कतिपय मुलुकमा कोरोनाको जोखिम कम भएर बिस्तारै जनजीवन खुकुलो भए पनि कतिपय अवस्थामा जोखिमलाई बेवास्ता गर्दै मानिसहरु सामाजिक दूरीजस्ता सामान्य नियम समेत तोड्न थालेका छन् ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको प्रभाव अझै कायम रहेकाले दोस्रो लहरको चपेटामा पर्न सक्ने भन्दै चेतावनी समेत दिइरहेको छ । खासगरी दक्षिण अमेरिका र भारतजस्ता मुलुकमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित देखिनेक्रम रोकिएको छैन ।
कोरोनाभाइरसबाट सर्वाधिक असर परेका मुलुकहरु
क्र.सं. देशहरु कूल संक्रमित निको भएका कूल मृत्यु
विश्वभर ९३,६९,२२७ ५०,६०,५४७ ४,८०,०९५
१ अमेरिका २४,२४,४९२ १०,२०,४१२ १,२३,४७६
२ ब्राजिल ११,५१,४७९ ६,१३,३४५ ५२,७७१
३ बेलायत ३,०६,२१० – ४२,९२७
४ इटाली २,३८,८३३ १,८४,५८५ ३४,६७५
५ फ्रान्स १,६१,२६७ ७४,८७१ २९,७२०
६ स्पेन २,९३,८३२ – २८,३२५
७ मेक्सिको १,९१,४१० १,४४,४४८ २३,३७७
८ भारत ४,५६,५५२ २,५८,६८५ १४,४८३
९ इरान २,०९,९७० १,६९,१६० ९,८६३
१० बेल्जियम ६०,८१० १६,७७१ ९,७१३
११ जर्मनी १,९२,७७८ १,७५,७०० ८,९८६
१२ रसिया ६,०६,८८१ ३,६८,८२२ ८,५१३
१३ क्यानाडा १,०१,९६३ ६४,७०४ ८,४५४- एएफपी




प्रतिक्रिया