हरेक हप्ता १० लाख कोरोना संक्रमित थपिएसंगै अक्सिजन सिलिन्डरको कमी :डब्ल्यूएचओ

हरेक हप्ता १० लाख कोरोना संक्रमित थपिएसंगै अक्सिजन सिलिन्डरको कमी :डब्ल्यूएचओ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले संसारभर हरेक हप्ता १० लाख कोरोना संक्रमित थपिने गरेको बताएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनहोम गेब्रियासेसले हरेक हप्ता १० लाख कोरोना संक्रमित थपिने गरेको बताउँदै उनले भने, ‘प्रतिदिन ८८ हजार ठूला सिलिन्डर अक्सिजन र ६.२० लाख क्यूबिक मिटर अक्सिजनको आवश्यकता परिरहेको छ ।’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर कोरोना संक्रमितको संख्या वृद्धि भएपछि अक्सिजन कन्स्ट्रेटर (अक्सिजन सिलिन्डर) को कमी भएको जनाएको हो । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनहोम गेब्रियासेसले विश्वका धेरै देश अक्सिजन कन्स्ट्रेटरको कमीसँग जुधिरहेको बताएका छन् । ‘यतिबेला यो मेसिनको माग आपूर्तीभन्दा बढी भएको छ’ बुधबारको पत्रकार सम्मेलनमा गेब्रियासेसले भने ।

विश्व स्वास्थ्य संगठनले हालसम्म १४ हजार अक्सिजन कन्स्ट्रेटर खरिद गरेको र केहि हप्ताभित्र १२० देशमा पठाउने योजना बनाएको गेब्रियासेस बताए । अहिलेसम्म संसारभरी ९३ लाख व्यक्ति कोरोनाद्वारा संक्रमित भइसकेका छन् र ४.८० लाखको ज्यान गइसकेको छ । हरेक हप्ता १० लाख नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ ।

संक्रमितको संख्यामा अचानक भइरहेको वृद्धिका कारण अक्सिजन कन्स्ट्रेटरको कमी भइरहेको छ जुन कोभिड–१९ सँग जुधिरहेका बिरामीका लागि आवश्यक हुन्छ । टेड्रोसले भने, ‘विश्व स्वास्थ्य संगठनले हालसम्म १४ हजार अक्सिजन कन्स्ट्रेटर खरिद गरेको छ र ती केहि हप्ताभित्र १२० देशमा पठाउने योजना छ ।

यसका साथै अबको ६ महिनामा १० करोड डलर मूल्य पर्ने १.७० कन्स्ट्रेटर पाइने सम्भावना रहेको छ ।’ विश्व स्वास्थ्य संगठनका आपतकालीन टिमका प्रमुख डा. माइक रियानले ल्याटिन अमेरिकी देशमा महामारी अहिले पनि उच्चस्तरमा रहेको र यो क्षेत्रमा मृत्यु हुनेको संख्या एक लाख पार गरिसकेको जानकारी दिए ।