एजेन्सी – अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइस महामारीको उपचारको लागि काम गरिरहेको खोपको बुधवार अफ्रिकामा मानव परीक्षण शुरू गरेको छ ।
ब्राजिलको साओ पालोस्थित फेडरल युनिभर्सिटीका शोधकर्ताहरूले पनि भ्याक्सिनको मात्रा भोलेन्टियरहरूलाई दिएका छन् । यस खोपको विकासमा फर्मास्युटिकल कम्पनी एस्ट्राजेनेका साथै अक्सफोर्ड युनिवर्सिटीको सहभागिता रहेको छ ।
कोरोनाविरुद्धको खोप परीक्षणमा विश्वभरका सोधकर्ताहरुले काम गरिरहेका छन् । चाँडै नै कोरोना भाइरसको खोप पत्ता लाग्ने अनुसन्धानकर्ताहरुले विश्वास लिएका छन् ।
विटवाटर्सान्ड विश्वविद्यालयले दक्षिण अफ्रिकाको साथ प्रयोग गर्न अक्सफोर्ड विश्वविद्यालयसँग साझेदारी गरेको छ।
परीक्षणका लागि झन्डै ३०० मानिसलाई उक्त खोप लगाइनेछ । इम्पीरीअल कलेज लन्डनमा सुरु गरिएको परीक्षणको नेतृत्व प्राध्यापक रोबिन शाटोक र उनका सहकर्मीहरूले गरेका छन् ।
जनावरहरूमा गरिएको परीक्षणले उक्त खोप सुरक्षित भएको र प्रतिरक्षा प्रणालीलाई सबल बनाउन प्रभावकारी देखिएको छ । अक्स्फर्ड विश्वविद्यालयका विशेषज्ञहरूले पनि यसअघि नै यस्तै किसिमको खोपको मानव परीक्षण सुरु गरिसकेका छन् । अहिले विश्वभरि झन्डै १२० वटा खोप विकास कार्यक्रमहरू चलिरहेका छन् ।
दक्षिण अफ्रिकामा गरिएको ह्युमन ट्रायलमा दुई हजार भोलेन्टियर सहभागी छन् । जसमा १८ देखि ६५ उमेर समूहका मानिस छन् । परीक्षणमा सहभागी हुनेमध्ये केही एचआईभी संक्रमित पनि छन् । ती मानिसमा भ्याक्सिन दिए पनि १२ महिनासम्म निरीक्षण गरेर त्यसको प्रभावकारिताबारे परीक्षण गरिने बीबीसीले जनाएको छ ।
विश्वभर कोरोना महामारी तीव्र रूपमा फैलिएका देशमध्ये पर्ने भएकाले ब्राजिललाई छनोट गरिएको बीबीसीले जनाएको छ । अमेरिकापछि ब्राजिलमा कोरोना संक्रमण र यसबाट हुने मृत्यु विश्वको देस्रो सबैभन्दा बढी प्रभावित देश हो ।




प्रतिक्रिया