सोमालियामा अल–सवाबका कमाण्डर रहेका नेपाली युवा सेनाको कारबाहीमा मारिए

सोमालियामा अल–सवाबका कमाण्डर रहेका नेपाली युवा सेनाको कारबाहीमा मारिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – सोमालियामा एक जना इस्लामिक समूह अल–सवाब कमाण्डर मारिएका छन् । गत बिहीबार सोमालियाको सुरक्षा फौजले गरेको सैन्य कारवाहीमा मारिएका वरिष्ठ कमाण्डर नेपाली रहेको दावी गरिएको छ ।

सोमालियाको सेनाले दक्षिणी सोमालियाको मध्य जुबा क्षेत्रमा गरेको कारबाहीमा मारिएका सवाब मुख्य प्रशिक्षक रहेको त्यहाँको सरकारी सञ्चार माध्यममले जनाएको छ ।

नेपाली भनेर दावी गरिएका हमदानसंगै अलसवाबका अन्य तीन जना लडाकुहरु पनि सैन्य कारवाहीका क्रममा मारिएको बताइएको छ । सन् २००८ मा स्थापना भएको अल शबाव सोमालियाको केन्द्रीय सरकार गिराउन संघर्ष गर्दैछ ।