भाइबरले फेसबुकसँगका सबै व्यवसायिक सम्बन्ध तोड्यो

भाइबरले फेसबुकसँगका सबै व्यवसायिक सम्बन्ध तोड्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भाइबरले फेसबुकसँगको आफ्ना सबै किसिमको व्यवसायिक सम्बन्ध तोडेको छ ।

भाइबरका सिइओ जमेल अगाउवाले फेसबुकले डाटाको गलत व्यवस्थापन र यसका एपहरूमा गोपनीयताको अभावदेखि लिएर हिंस्रक र खतरनाक बयान–बाजीबाट जनताहरूलाई संरक्षण गर्न आवश्यक कदमहरू नलिएको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘फेसबुकले आजको समयमा आफ्नो भूमिकाबारे बुझ्न निरन्तर कमजोर निर्णय प्रस्तुत गर्दै आइरहेको छ । हामी सत्यको मध्यस्थहरू होइनौं तर असलमा नै केही मानिसहरू हिंसात्मक सामग्रीहरूको प्रसारबाट प्रताडित भैरहेका छन् र कम्पनीहरूले निश्चय नै स्पष्ट अडान लिनु जरुरी छ ।’

यो मैसेजिङ्ग एपले फेसबुक कनेक्ट, फेसबुक एसडिके, र जिफिलाई हटाउनुको साथसाथै सामाजिक सञ्जाल प्लेटफर्ममा गरिने सबै विज्ञापन खर्चहरू रोक्ने निर्णय पनि लिएको छ ।