काठमाडौं – गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । सोमबार गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रलायअन्तर्गतको स्वास्थ्य निर्देशनालयले पाँच जिल्लाबाट ५३ जना कोरोना संक्रमित फेला परेका हुन् ।
जसमा बागलुङका १४ जना, पर्वतका १३, स्याङ्जाका १० जना, तनहुँका १० जना र गोर्खाका ६ जना रहेका छन् ।
योसँगै प्रदेशमा कुल संक्रमितको संख्या ९४९ पुगेको छ ।





प्रतिक्रिया