ललितपुरको हिरासतमा कैदीले गरे झुण्डिएर आत्महत्या

ललितपुरको हिरासतमा कैदीले गरे झुण्डिएर आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरमा प्रहरी हिरासतमा एक जना थुनुवाले आत्महत्या गरेका छन् । बलात्कार आरोपमा थुनामा रहेका २४ वर्षीय दुर्गेश यादवले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

असार १४ गते ग्वार्कोबाट पक्राउ परेका यादवले शारिरीक अपाङ्गता भएकी एक महिलालाई मकैबारीमा बलात्कार गरेका थिए ।

उनले हिरासत कक्षमा रहेको तन्ना च्यातेर झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।