मास्क नलगाई घरबाट निस्किनेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

मास्क नलगाई घरबाट निस्किनेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले मास्क नलगाउनेमाथि थप कडाई गर्ने भएको छ । गृहमन्त्रालयले मास्क नलगाई घरबाट निस्किएको पाए कडा कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रलायका प्रवक्ता केदारनाथ शर्माले सरकारले तोकेको मापदण्ण्ड पूरा नगर्नेहरुलाई थप कडाई गर्ने निर्णय गरेको काठमाडौंपार्टीलाई जानकारी दिए । प्रवक्ता शर्माले प्रहरीले पक्राउ गरेकाहरुलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने बताए ।

‘कोरोना भाइरसको संक्रमण बढिरहेको छ । त्यसकारण सरकारले लागू गरेको पुरानै नियमलाई निरन्तरता दिन लागिएको हो’, उनले भने, ‘सरकारले दुई मिटरको दूरी कायम गर्नुपर्ने, मास्क लगाएर मात्र बाहिर निस्किनुपर्ने नियम ल्याएको छ । त्यसलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई हामीले निर्देशन दिएका छौं ।’

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभरी कोरोना संक्रमित बढिरहेका छन् । त्यस्तै सर्वसाधारणको भिडभाड बढ्दै गएकाले थप सजकता अपनाइएको उनले बताए ।