बेइजिङ — चीनले अमेरिकासँगको सम्बन्धमा गम्भीर संकट देखा परेको बताएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन – अमेरिका सम्बन्धमा गम्भीर संकट देखिएको बताएका हुन् ।
बिहीबार चीन–अमेरिकाको एउटा फोरमलाई भिडियो सम्बोधन गर्दै विदेशमन्त्री यीले केही अमेरिकीले चीनको विकाश र दुई देशबीचको सम्बन्ध तोड्नलाई कुनै कसर बाँकी नछाडेको बताएका छन् ।
‘चीनले कहिल्यै पनि अमेरिकालाई चुनौती दिने र उसलाई प्रतिस्थापन गर्ने सोचेको छैन्’, उनले भने, ‘केही व्यक्तिले अमेरिका–चीन सम्बन्ध पुरानै अवस्थामा फर्कन नसक्ने बताएका छन् । यसको अर्थ यो होइन कि हामीले एउटा नयाँ इतिहास रच्न सक्दैनौं ।’
त्यस्तै चीनको सफलताले पश्चिमलाई खतरा रहेको कुरा सत्य नभएको त्यसमा आफूहरु सहमत हुन नसक्ने पनि विदेशमन्त्री यलीले बताएका छन् ।
‘हामीले विदेशी मोडेल कपी गर्दैनौं । हामीले चिनियाँ मोडेल पनि निर्यात गर्दैनौं र अरुलाई चीनकै जस्तै मोडेल अपनाउन पनि कसैलाई भन्दैनौं,’ यीले भने ।




प्रतिक्रिया