रातमा निन्द्रा लागेन ? यसो गर्नुस् !


काठमाडौं – पछिल्लो समय अधिकांश मानिसहरुमा निन्द्रा नलाग्ने समस्या हुने गर्दछ । कामको चाप र विभिन्न प्रकारका तनावका कारण थुप्रै मानिसहरुमा रातमा निन्द्रा नलाग्ने समस्या भएको पाइन्छ । कतिपयलाई त निन्द्रा नलागेकै कारण विभिन्न समस्याहरु देखा पर्छन् ।

स्वास्थ्यका दृष्टिकोणले ६ देखि ८ घण्टाभन्दा कम सुत्ने व्यक्तिहरुमा विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु पैदा हुने गर्छ । कम निन्द्राका कारण रोगप्रतिरोधात्मक क्षमतामा कमि आउने, पाचन प्रक्रिया गडबढ हुने, मुटुसम्बन्धी रोग लाग्ने, डिप्रेशन, तौल बढ्ने जस्ता समस्याहरु हुने गर्छन् ।

यस्ता छन् निन्द्रा नलाग्ने समस्याबाट छुटकारा पाउने उपायः

–दैनिक व्यायाम
धेरैवटा अनुसन्धानले दैनिक व्यायाम गर्नुपर्ने सुझाव दिएको छ । दैनिक व्यायामले मिठो निन्द्रा दिलाउँछ भने निन्द्राको राम्रो रुटिन पनि बनाउन मद्दत गर्छ ।

साँझ र दिउँसोमा नसुत्ने
दिनको समयमा १० देखि १५ मिनेट न्याप लिनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले थप उर्जा प्रदान गर्छ । तर दिनभर सुत्ने गरेमा रातमा निन्द्रा पर्दैन । त्यस्तै दिनभर काम गरेर थाकेपछि धेरैजसोले साँझमा ‘पावर न्याप’ लिने गर्दछन् । तर यसो गर्दा रातको निन्द्रालाई असर गर्छ ।

हेभी डिनर
छिटो तर थोरै खाना खाने बानी बसाल्नुपर्छ । रातमा मिठो निन्द्राको लागि रातिको खाना छिट्टै खानुपर्छ । साथै रातिको खाना कम खाने गर्नुपर्छ । रातमा धेरै खाँदा एसिडिटी, पेट फुल्ने र अन्य समस्याहरु हुने गर्छ र रातको निन्द्रा खटपट हुनसक्छ ।

म्याग्नेसियमयुक्त खाना
मिठो निन्द्राको लागि म्याग्नेसियमयुक्त खाना खाने गर्नुपर्छ । त्यसको लागि सागपात, फर्सीको बियाँ, बदाम र सूर्यमुखी फूलको दाना जस्ता खानेकुरा रातिको खानामा सामेल गर्नुपर्छ ।

ग्याजेट्सबाट टाढा रहनुहोस्
ग्याजेट्सबाट निस्किने ब्लू लाइटले मेलाटोनिन नामक हर्मोन उत्पादन गर्ने गर्छ जसले निन्द्रा नआउने समस्या हुनसक्छ । त्यसैले सुत्नुभन्दा दुई घण्टा अगाडि मोबाइल, ल्यापटप, कम्प्युटर जस्ता सामानहरुको प्रयोग गर्नुहुँदैन ।

पसिना निकालेर सुत्न जानुहोस्
सुत्नुअघि शरिर पुरै थाकेको छ भने सहजै निन्द्रा लाग्न सक्छ । काम गरेर थाक्नु भएको छ भने यत्तिकै सुत्नुहोस् अन्यथा केही गरेर शरिरमा पसिना निकालेर सुत्नुहोस्, निन्द्रा सहजै लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement