काठमाडौं – पठाओ (राइड सेयर) व्यवसायका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत फहिम सले मृत भेटिएका छन् । सोमबार मध्यान्न उनको शव अमेरिकाको न्युयोर्कमा क्षतविच्छेद भएको अवस्थामा भेटिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।
फहिमको हत्या भएको र उनको शव नजिकै धारिलो हतियार भेटिएको प्रहरीले जनाएको छ । सञ्चार माध्यम र प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्या भएको आए पनि त्यसको औपचारिक पुष्टि भने प्रहरीले नगरेको बीबीसीले जनाएको छ ।
३३ वर्षीय उद्यमी फहिमको हत्या नै भएको भए पनि कारण भने हालसम्म खुल्न सकेको छैन । फहिमले स्थापना गरेको पठाओ कम्पनी बंगलादेश, नाइजेरिया र नेपालमा निकै लोकप्रिय छ ।
बुधबार आफ्ना संस्थापक तथा कार्यकारी अधिकृत फहिमको मृत्युले पठाओ कम्पनी स्तब्ध भएको बताएको छ । पठाओ हुसेन इलिएस र फहिमले संयुक्त रुपमा स्थापना गरेका थिए । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया