काठमाण्डु – सरकारले गोरखापत्र सुधारका लागि व्यवस्थापन (प्रिन्टिङ तथा लेखा)मा रहेर महत्वपूर्ण काम गरेका टीकाराम राईलाई बर्खास्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गोरखापत्र संस्थानका विज्ञ सल्लाहकार राईलाई पदमुक्त गरेको हो । सरकारले राईको ठाउँमा सन्तोष प्रसाईलाई नियुक्त गरेको छ ।
उनले देशमा राम्रो काम गर्ने भलाई नहुनेरहेछ भन्दै असन्तुष्टी जनाएका छन् । उनले अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाको ग्राण्ड डिजाइनमा हटाइएको बताएका छन् ।
‘गोरखापत्रको सर्वजनिकरूपमै अनुभब हुनेगरी विकास र संस्थागत सुधार गरे बापत आज मलाई सरकारले बर्खास्त गर्यो’, उनले भनेका छन्, ‘देशका महत्वपूर्ण सार्वजानिक संस्थाहरू बलियो हुन नदिने ग्राण्ड डिजाईनमा अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाको पहलमा यो निणर्य भएको हो ।’
उनले गोरखापत्रमा परिणाम आउने गरी काम गरिएकाले पुच्छर लुकाएर नभाग्ने बताउँदै आएका थिए ।
‘गर्वका साथ भनिन्छ गोरखापत्रमा रिजल्ट ल्याईयो’, उनले भनेका थिए, ‘पुच्छर लुकाएर हिँडिन्नँ । अन्याय गरे अदालत छँदैछ ।’
गोरखापत्रमा हाजिर गरेर भाग्ने प्रवृत्तिलाई रोकेका राई सुधारका निम्ति आफै पनि १८ घण्टासम्म सक्रिय रहँदै आएका छन् । उनको राजीनामालाई लिएर विरोध भइरहेको छ । उनले गत वर्ष विगतमा महँगोमा किन्दै आएको कागत सस्तोमा किनेका थिए ।
डेढ वर्षअघि गोरखापत्र सुधारका लागि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राईलाई गोरखापत्र संस्थानमा नियुक्त गरेका थिए ।
उनले पाएको जिम्मेवारीअनुसार गोरखापत्रका प्रकाशनमा गुणस्तरीयता कायम गर्दै आएका थिए । गोरखापत्र सुधारमा सक्रिय राई मन्त्री खतिवडाले पुरस्कार स्वरुप कारबाही गरेको आवाज उठ्न थालेको छ ।
साथै, राईसहितको व्यवस्थापन टिमले पछिल्लो समय विराटनगर र कोहलपुरबाट पत्रिका प्रकाशनको प्रारम्भ गरेसँगै गोरखापत्रको पहुँच देशभर पुर्याउन सघाउ पुगेको थियो ।




प्रतिक्रिया