पछिल्लो २४ घण्टामा थपिए १६७ जना काेराेना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए १६७ जना काेराेना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियािमत पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा चार हजार ९ सय ४१ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा १ सय ६७ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार तीन सय ४४ पुगेको छ । कोरोना जितेर बिहीबार दुई सय १३ जना घर फर्किएका छन् । अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार दुई सय ५९ पुगेको छ ।

आइसोलेसनमा छ हजार ५६ जना छन् भने क्वारेन्टिनमा २३ हजार पाँच सय मानिस रहेको उनले जानकारी दिए ।अहिलेसम्म कोरोनाबाट नेपालमा ३९ जनाको मृत्यु भएको छ ।