खड्काले दिए वैदेशिक रोजगार बोर्डको सदस्यबाट राजीनामा

खड्काले दिए वैदेशिक रोजगार बोर्डको सदस्यबाट राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवादास्पद छविका कैलाश खड्काले वैदेशिक रोजगार बोर्डको विशेषज्ञ सदस्यबाट राजीनामा दिएका छन् ।

दुई वर्ष पहिले तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले श्रमिकको करोडौं ठगी गरेको भन्दै मुद्दा चलाएका खड्कालाई नै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बोर्ड सदस्य नियुक्त गरेका थिए ।

असार १९ गते बसेको बोर्डको बैठकले खड्कालाई बोर्डको विशेषज्ञ सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । खड्काले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् ।