काठमाण्डु – इलाममा नेपाली सेनाका एक जना जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकास्थित जिल्ला समन्वय समिति भवनको क्वारेन्टाइन सुरक्षार्थ खटिएका ३२ वर्षीय जवानमा कोरोना संक्रमण पुष्टि भएको हो ।
इलाम क्वारेन्टिनमा गढीथुम्कास्थित पशुपतिप्रसाद गणका ४ सैनिकको स्वास्थ्य टोली खटिएको छ ।
गणपति प्रभात थापाले उनको सम्पर्कमा आएका अन्य तीन जना सैनिकको पनि परीक्षण गरिने बताए । संक्रमित जवान चैत अन्तिमदेखि सोही क्वारेन्टाइनमा खटिँदै आएका थिए ।




प्रतिक्रिया