काठमाण्डु – बुढानीलकण्ठ दुर्घटनाका आरोपित पाँच लाख धरौटीमा रिहा भएका छन् ।
सर्वोच्च अदालतले बुढानिलकण्ठ दुर्घटनाका चालक पृथ्वी मल्ललाई ५ लाख धरौटीमा छाड्न आदेश दिएपछि डिल्लीबजार कारागारमा रहेका मल्ल रिहा भएका हुन् ।
यसअघि २८ मंसिरमा बुढानीलकण्ठ–५ मा अत्यधिक मादक पदार्थ सेवन गरेका चालक मल्लले चलाएको बा१४च ६१२३ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्रु गोरखा घर भई विष्णुमती बस्ने ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थियो ।
कारमा मल्लसहित नायिका परमिता राणा, करिश मास्के र एलिना थापा थिए । नायिका राणाले फेसबुकमा लामो स्टाटस लेख्दै चार जनाले गरेको मूर्खतापूर्ण निर्णयले एक जना निर्दोषको ज्यान गएको बताउँदै माफि मागेकी थिइन् ।




प्रतिक्रिया