काठमाण्डु – शुक्रबार नेपालमा १०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ६ सय ८८ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ गेको छ । त्यस्तै कोरोना निको भएर शुक्रबार दुई सय ८५ जना घर फर्किएका छन् । अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार पाँच सय ३४ पुगेको छ ।
अहिले क्वारेन्टाइनमा २२ हजार सात सय ५६ मानिस रहेको प्रवक्ता डा.गौतमले जानकारी दिए । अहिलेसम्म कोरोनाबाट नेपालमा ४० जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया