एजेन्सी – अफगानिस्तानमा एक युवतीले दुई तालिवानको हत्या गरेकी छन् । केही हप्ता अगाडि आफ्ना बाबुआमाको हत्या गर्ने तालिवानीको उनले हत्या गरेपछि अहिले ती युवतीको बहादुरीपन देखेर सोशल मीडियामा प्रशंसा भइरहेको छ ।
यो घटना १७ जुलाईको राती अफगानिस्तानको घोर प्रान्तको गैरिभ गाउँमा भएको हो । स्थानीय अधिकारीकाअनुसार उक्त युवतीले आफ्नो घरमा एके–४७ राइफलले दुई चरमपन्थीलाई मारिन र धेरैलाई घाइते बनाएकी थिइन् ।
घटनाको बारेमा जानकारी दिँदै अधिकारीहरूले युवतीका बाबु सरकारका समर्थक रहेका र गाउँ प्रमुख रहेका बताएका छन् । यो क्रोधित तालिवान कट्टरपन्थीहरू गारिभ गाउँमा उनीहरूको घरमा आएर उनीहरूलाई हमला गरेका थिए ।
स्थानीय प्रहरी प्रमुख हबीबुर रहमान मलिकजादाले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार उनकी आमाले विरोध गर्न खोज्दा अतिवादीहरूले ती केटीका बुबालाई घरबाट बाहिर निकालेर मारिदिएका थिए ।
‘यस पछि, घर भित्र रहेको केटीले घर भित्र एके–४७ राइफल उठाइन् र अतिवादीहरूलाई मारिन । उनीहरुले हिला उसका बाबुलाई मारेका थिए’, ती अधिकारीले भने ।
केटीको उमेर १४ देखि १६ वर्षको रहेको बताइएको छ । उनको हातमा रहेको एके–४७ को तस्वीर पनि सोशल मीडियामा भाइरल भइरहेको छ ।
यस घटना पछि धेरै तालिवान चरमपन्थीहरूले ती युवतीको घरमा आक्रमण गर्ने कोशिस गरे पनि गाउँले र सरकार समर्थित सशस्त्र समूहको प्रतिकारपछि पछि हटेका थिए ।
प्रान्तका गभर्नरका प्रवक्ताले अफगान सुरक्षा बलले ती केटी र उसका कान्छो भाइलाई सुरक्षित स्थानमा लगेका छन् ।




प्रतिक्रिया