एजेन्सी – ताइवानका विदेशमन्त्री जोसेफ वू ले चीनले ताइवान बलपूर्वक कब्जा गर्ने तयारीमा रहेको दावी गरेका छन् । उनले चीनले ताइवानमा हमलाको अभ्यास गरिरहेको र आफ्नो फाइटर जेट ताइवानको एयर स्पेसमा पठाउने तयारी गरेको बताएका छन् ।
‘यो ताइवानको लागी चिन्ताको विषय हो, चीनले विस्तारै आफ्नो सैन्य तयारीलाई हाम्रो देशको हवाई क्षेत्र र समुन्द्रमा बढाइरहेको छ । खतरा अव बढिरहेको छ ।’ विदेशमन्त्री वुले भने । उनले चीन सैन्य बलद्धारा ताइवानको मुद्दाको हल गर्न खोजिरहेको आरोप समेत लगाए ।
साउथ चाइना सीमा अमेरिकी युद्धपोतद्धारा युद्धाभ्यासपछि चीन आक्रमण रुपमा अघि बढिरहेको छ । उसले ताइवान सीमामा फाइटर जहाज पठाउने तयारी गरिसकेको छ ।
चीनले भने यो युद्दाअभ्यासको उद्देश्य चीनले आफ्ना् देशको संप्रुभुताको रक्षाको लागी प्रतिवद्ध रहेको देखाउन भएको जनाएको छ । चीनले ताइवान आफ्नो हिस्सा भएको दावी गर्दै आएको छ । उसले आवश्यक परे बल प्रयोग समेत गर्न संकेत यसअघि नै दिइसकेको छ ।
चीनले हंगकंगमा सुरक्षा कानुन लागु गरिसकेको छ । ताइवानमा पनि उसले नियन्त्रण कायम गर्न सक्ने समाचारहरु प्रकाशमा आएका छन् । ताइवानका विदेशमन्त्रीले जापान र अमेरिकाजस्ता सहयोगि मुलुकहरुको समन्वय आवश्यक रहेको बताएका छन् ।




प्रतिक्रिया