मुद्दाको पेसी प्रधानन्यायाधीश आफैंले तोक्लान् ?

मुद्दाको पेसी प्रधानन्यायाधीश आफैंले तोक्लान् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय काटिरहेका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद घटाउने सर्वोच्चको फैसलामाथि परेको पुनरावलोकन निवेदनमा आइतबार सुनुवाइ हुने भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले ८ असारमा कोइराला छुटेकै दिन सर्वोच्चको फैसला त्रुटिपूर्ण भएको भन्दै पुनरावलोकन निवेदन दर्ता गरेको थियो । यस मुद्दाको पेसी कुन न्यायाधीशको बेन्चमा चढ्छ भन्ने आइतबार बिहान मात्रै टुंगो लाग्नेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आफैं संलग्न भएर मुद्दाको फैसला गरेको हुँदा पुनरावलोकनका लागि इजलास र पेसी आफैंले तोक्छन् या सो दिन बिदामा बसेर वरिष्ठ न्यायाधीशले तोक्न सक्नेछन् ।

प्रधानन्यायाधीशले गरेको फैसलामा प्रश्नचिह्न उठेपछि उनले स्वतन्त्र न्यायपालिकाको जनआस्था गुम्न नदिनका लागि पुनरावलोकनका लागि बिदा बस्दा उपयुक्त हुने सर्वोच्चकै एक पूर्वन्यायाधीशले बताए । उनका अनुसार आफैंले गरेको फैसलामा प्रश्न उठेपछि पुनः इजलास र पेसी तोक्दा सो मुद्दामा उनको प्रभाव पर्न सक्छ ।

प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसलाउपर परेको पुनरावलोकन निवेदन अगाडि बढाउने या नबढाउने भन्ने निर्णय दुई जना न्यायाधीशको संयुक्त इजलासले गर्नेछ ।

संयुक्त इजलासले अनुमति दिएमा (निस्सा पाएमा) फैसलाउपर पुनर्विचार गर्ने या सच्चाउने प्रक्रिया सुरु हुन्छ । संविधानको धारा १३३ (४) ले सर्वोच्च अदालतलाई आफ्नो अन्तिम फैसलाको पनि पुनरावलोकन गर्ने अधिकार दिएको छ । यसरी पुनरावलोकन गर्दा पहिले फैसला गर्नेबाहेकका न्यायाधीशले उक्त मुद्दाको सुनुवाइ गर्नुपर्नेछ ।

न्याय प्रशासन ऐन, २०७३ को दफा ११ मा मुद्दाको फैसला भइसकेपछि उक्त मुद्दामा असर पार्ने कुनै नयाँ प्रमाण भेटिएमा वा सर्वोच्च अदालतबाट स्थापित नजिरको प्रतिकूल फैसला भएमा पुनरावलोकन गर्न सक्ने व्यवस्था छ । महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको नजिर प्रतिकूल फैसला भएको आधारमा यो मुद्दाको पुनरावलोकन माग गरेको हो ।

महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकन निवेदन दिइसकेको अवस्थामा अब सर्वोच्च प्रशासनले उक्त निवेदन अनुमतिका लागि इजलासमा पेस गर्नेछ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।